२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई एमालेको प्रश्न: सर्वोच्च मा विचाराधीन रहेको विषयमा छलफल गर्न मिल्छ ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले संसद्मा दर्ता गराएको संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले सो विधेयक फिर्ता लिन माग गर्नुभएको हो । उहाँले आफैँले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर सोही किसिमको विधेयक ल्याउनु पर्ने कारण सरकारले दिनुपर्ने बताउनुभयो ।

उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भन्दै अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गर्दै भन्नुभयो, “गैरसंवैधानिक भनी मुद्दा दायर गरिएको र सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा छलफल गर्न मिल्छ ?”

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसद्मा बसह गर्न नपाइने भन्दै उहाँले विधेयक फिर्ता हुनुपर्ने माग गर्नुभयो ।