२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः टस जितेर नेपालले बलिङ रोज्यो



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भर्खरै सम्पन्न टसमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने स्कटल्याण्ड २१ खेलमा ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।