२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डले नेपाललाई जितका लागि दियो १४५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे । सोमपाल र आदिलले समान ३/३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।

लिग दुई को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो । स्कटल्याण्ड २१ खेलमा ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।