२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षति हुन्छ : अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एक पक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र तथा कांग्रेसको समग्र हित हुन नसक्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेको केन्द्रीय समितिको बैठकमा बिहीबार उहाँले लिखित धारणा राख्दै उहाँले स्थानीय तहको निर्वाचनका लागि कांग्रेसलाई गठबन्धनको वैशाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक बहसको विषय बनेको बताउनुभयो ।

उहाँले चुनावी गठबन्धन तात्कालीक रणनीति मात्र भएको, यो गन्तव्य र लक्ष होइन भन्दै गठबन्धनको औचित्य र कांग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत् ऐक्यबद्धताको उत्साही वातावरण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले संघीय र प्रदेशसभाको आसन्न निर्वाचनमा गठबन्धन आवश्यक छ भने कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड, आचारसंहितासहित पार्टीको संस्थागत निर्णयका आधारमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रका नाममा निर्णय लादिन नहुने उहाँको भनाइ छ ।

नेता केसीले पार्टीको विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षति हुने बताउनुभयो । उहाँले पार्टीको सभापति पद सबै दृष्टिकोणबाट सबल र सक्षम हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीको महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि यसको नीति महाधिवेश गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गनठन र भ्रातृसंस्थाहरुको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि हुन नसक्ने उहाँको भनाइ छ ।

आफ्नो लिखित धारणामा नेता केसीले पार्टीको केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्ने निर्णय लिए पनि पछि सोही निर्णयविपरीत हस्तक्षेप हुनु पार्टीको बर्खिलाप हो भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “देशको परिस्थिति र कांग्रेसमा बढेर आएको जिम्मेबारीले हामीलाई एक मिनेट पनि गैरजिम्मेबारी देखाउने छुट छैन ।”

उहाँले देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको वित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुकौ औचित्य को हो भनी प्रश्न गर्नुभयो ।

वर्तमान परिवेशमा अमेरिका–चीनको बीचमा शीतयुद्धको स्थल–केन्द्र नेपाल हुन थालेको भन्दै नेता केसीले दुई विशाल छिमेकी भारत र चीनका बीच बढ्दो आर्थिक, सामरिक तथा राजनीतिक शक्तिका साथै यी दुई छिमेकीको रस्साकस्सी र युद्धस्तरीय प्रतिस्पर्धाबाट हाम्रो भूभाग चोखो रहन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसबारे हाम्रो स्पष्ट दृष्टिकोण र उचित राष्ट्रिय भूमिका तय हुनु अनिवार्य छ, विदेश नीति र राष्ट्रिय सुरक्षा नीति सरकारबाट सर्वदलीय सहमतिद्वारा नै तय गर्नु आवश्यक छ ।”

 




भर्खरै