९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी विदेशमन्त्रीले भने– युक्रेनले आत्मसमर्पण गरे वार्ता सम्भव छ



अ+ अ-

एजन्सी । युक्रेनमा रुसको आक्रमण शुक्रबार पनि लगातार जारी छ । युक्रेनको राजधानी कीभमा बिहान ७ वटा ठूला विस्फोट गराइएको छ । 

मानिसहरू रातदेखि घर, सबवे, भूमिगत आश्रयमा लुकेर बसेका छन् । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको अभाव बनेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पनि युद्ध अन्त्य हुने आशालाई खारेज गरेका छन् । न्युयोर्क टाइम्ससँगको कुराकानीमा लाभरोभले भने– हामी अब युक्रेनसँगको वार्ताको प्रस्ताव स्वीकार गर्दैनौं । युक्रेनले आत्मसमर्पण गरेको एउटा शर्तमा मात्रै वार्ता हुन सक्छ । उनीहरुका अध्यक्षले अहिलेसम्म झूट मात्र बोलेका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार राति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए । यसपछि शुक्रबार रुसबाट एक बयान आएको थियो जसमा भनिएको छ– संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भारतले हामीलाई साथ दिनेछ भन्ने हामी आशावादी छौं । यदि यहाँ कुनै संकल्प जारी भएमा हामी भारतको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

यस्तै, बिहीबार राति नै रुसी सेनाले युक्रेनको चेर्नोबिल आणविक उर्जा केन्द्र नजिकै आक्रमण गरेको थियो । यहाँ धेरै विष्फोट पनि भएका छन् । जसका कारण परमाणु संयन्त्रमा विकिरणको मात्रा बढेको बताइएको छ । युक्रेनको आणविक एजेन्सीले यसको पुष्टि गर्दै विकिरणको मात्रा बढेपछि यस क्षेत्रमा बसोबास गर्ने हजारौं मानिस ज्यान जोखिममा परेको उल्लेख गरेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानी कीभमा प्रवेश गरेको दाबी गरेका छन् । यद्यपि रूसी ट्याङ्कहरू कीभबाट ३२ किलोमिटर टाढा छन् । तिनीहरूलाई रोक्न, युक्रेनी सेनाले तीनवटा पुलहरू उडाएको बताइएको छ ।