२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदार गठबन्धनलाई कायमै राख्ने जसपाको निर्णय



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षले आगामी संघीय र प्रदेशसभा निर्वाचनसम्म सत्ता साझेदार गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको छ ।

वीरगञ्जमा सम्पन्न भएको जसपाको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठकले लोकतन्त्रको रक्षा गरी मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि लैजान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

अध्यक्ष यादवले प्रतिगनमनलाई परास्त गर्न निर्माण भएको पाँच दलीय गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पार्टीका लागि केही अनपेक्षित अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक भएको बताउनुभयो ।

बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै डा बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेको छ । भट्टराई पक्षले पार्टीको छुट्टै बैठक बोलाई पार्टी पुनरगठन गर्ने निर्णय गरेका थिए । यद्यपि अध्यक्ष यादवले पार्टीमा अझै पनि आफूहरुसँग दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् ।