२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास राणाको गीत यात्रा



अ+ अ-

काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको विकास राणाको गीत यात्रा सम्पन्न भएको छ । भानु जयन्तीको अबसर पारेर काठमाडौंको याक एण्ड यती होटलमा “विकास राणाको गीत यात्रा” भव्यताका साथ सम्पन्न भएको छ । राणा नेपालको हवाई क्षेत्रका सुपरिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी हुनुहुन्छ ।

उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा राणाले प्रत्यक्ष ६ वटा गीत गाउनुका साथै समाजका वरिष्ठ व्यक्तित्वहरू गौरव शमशेर ज.ब.रा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भूजीत बास्कोटा, डा. भगवान कोइराला, जीवा लामिछाने आदि द्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

उक्त साङ्गीतिक समारोहमा श्रीमती शुष्मा राणाबाट गायक विकास राणाको युट्युब च्यानल “Bikash Rana Official” को उद्घाटन गरिएको थियो । च्यानलमा राणाद्वारा गाइएका गीत संगीत हेर्न र सुन्न पाइने छ । नेपालको सफल व्यवसायी विकास राणाले आगामी दिनमा आफूलाई गीत सङ्गीत क्षेत्रमा समर्पण गर्ने सोच राख्नुभएको छ ।




भर्खरै