२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति प्रति चिनियाँ दूतावासको निन्दा



अ+ अ-

काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भनाईलाई नेपालस्थिति चिनियाँ दूतावासले निन्दा गरेको छ ।

नेपाल स्थित चिनियाँ दूताबासको फेसबुकमा राखिएको सन्देशमा भनिएको छ –

‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छों । यो सबैलाई थाहा छ कि एमसीसी कम्प्याक्टको विषयमा नेपालमा तातो बहस भएको थियो । नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको छ, जुन घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख छ । नेपाल अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंग नहुने पनि स्पष्ट पारिएको छ । यो नेपाली सरकार र जनताले उनीहरुको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम हो । अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको छ । वास्तविक दुष्प्रचार हो । चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ ।’

दूताबासले भनेको छ – निकट छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरुको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउनु सहयोग गर्ने छ ।

राजदूत र्‍यान्डी बेरीको स्थानमा नेपालआउन लागेका लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा गत बुधबार आफ्नो धारणा राख्दै उक्त कुरा बताएका थिए ।