४ असार २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

राजविराज । सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए । सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ । सदा गाउँभरिका गाईवस्तु दैनिक चराउने काम गर्दै आएको स्थानीयवासीको भनाइ छ ।




भर्खरै