२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टस हारेर स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेसँगै नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो ।

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्न लागेको हो । यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

सिरिज अन्तर्गत नेपालले नामिबियासँग भने दुबै खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

यता, स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।

१९ खेलमा १७ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने २३ खेलमा ३२ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।