२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग गृहमन्त्री र कानूनमन्त्रीको भेट



अ+ अ-

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गर्नुभएको छ ।

भारतको तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका माओवादी अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटारमा दुई मन्त्रीले भेट गर्नुभएको हो । भेटमा दुवै मन्त्रीले अध्यक्ष प्रचण्डसँग नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेतको पनि सहभागिता थियो ।

गृहमन्त्री खाणको सचिवालयका अनुसार मन्त्री खाँणले सरकारले संसद्मा प्रस्तुत गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलगायत अन्य विधेयकहरुबारे कुराकानी भएको थियो । ती विधेयक तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा संसद्मा सत्ता साझेदार दलहरुबीच एउटै धारणा बनाएर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।