२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले गर्यो २९ विभागका प्रमुखको नाम सार्वजनिक (नामसहित)



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम विभाग तथा समितिहरुका प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेका छन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा, सदस्य सचिवमा राजाराम बर्तौला “चुनेली”, अनुशासन समितिको प्रमुखमा राजिव पराजुली, सदस्य सचिवमा डम्बर प्रसाद शिवाकोटी, सामाजिक विभागको प्रमुखमा जयकुमार खड्का सदस्य सचिवमा निराकार मान सिंह रेग्मी, अनुसन्धान तथा योजना विभागको प्रमुखमा डा. विष्णु भण्डारी, सदस्य सचिवमा श्रृया केसी, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन विभागको प्रमुखमा राजेन्द्र वीर राय, सदस्य सचिवमा सुशिला गिरी, सुचना तथा प्रविधि विभागको प्रमुखमा लाक्पा तामाङ, सदस्य सचिवमा कुमार गजुरेल, सचिवालयको प्रमुखमा भास्कर भद्रा, सदस्य सचिवमा आनन्द रिसाल, प्रशिक्षण विभागको प्रमुखमा सुशील श्रेष्ठ, सदस्य सचिवमा उज्वल पोखरेल, कार्यक्रम तथा व्यवस्थापन विभागको प्रमुखमा ईन्द्र चित्रकार, संगठन विभागको प्रमुखमा राजराम वर्तौला, सदस्य सचिवमा रामसुन्दर बिष्ट, आर्थिक विभागको प्रमुखमा ज्ञानेन्द्र कार्की, प्रचार प्रसार विभागको प्रमुखमा सुरेश आचार्य, सदस्य सचिवमा शशि भण्डारी रहेका छन् ।

यसैगरी शिक्षा विभागको प्रमुखमा वसन्तमान सिंह अधिकारी, सदस्य सचिवमा लक्ष्मी कुमारी सत्याल ९पौडेल०, धर्म संस्कृति समन्वय विभागको प्रमुखमा विक्रम वम, सदस्य सचिवमा सुजन पराजुली, आदिवासी जनजाती विभागको प्रमुखमा तेज कुमार कुरुम्बाङ्ग, सदस्य सचिवमा मुमाराज राई, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा प्रा.नरप्रसाद थापा, सदस्य सचिवमा भुपेन्द्र पोखरेल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा हिक्मत जंग भण्डारी, महिला विभागको प्रमुखमा ममता राई, प्रबास बिभागको प्रमुखमा धरम कुमार गुरुङ, सदस्य सचिवमा मनोज जयसवाल, स्वास्थ्य, जनसंख्या तथा लैंगिक विषय विभागको प्रमुखमा प्रतिष्ठा रायमाझी, सदस्य सचिवमा जनक बहादुर फडेरा, मुस्लिम विभागको प्रमुखमा खालिद ईराकी, सदस्य सचिवमा सकिल मोहम्मद, जनसम्पर्क विभागको प्रमुखमा कुमार श्रेष्ठ, सदस्य सचिवमा गृष्म मल्ल रहेका छन् ।

त्यस्तै, सहकारी संस्था समन्वय विभागको प्रमुखमा राजकुमार खड्का, सदस्य सचिवमा राजु श्रेष्ठ, गैह्र सरकारी सँस्था समन्वय विभागको प्रमुखमा महेश्वर रोक्का, खेलकूद विभागको प्रमुखमा अभिषेक थापा, उद्योग वाणिज्य क्षेत्र समन्वय समितिको प्रमुखमा हरिकृष्ण श्रेष्ठ, पर्यटन क्षेत्र समन्वय बिभागको प्रमुखमा गोविन्द सिंह डंगोल र योग शिक्षा बिभागको प्रमुखमा प्रमिला उप्रेतिलाई मनोनयन गरेको पार्टीले जनाएको छ ।