२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म राधाको ‘पाउमा पाउजु’ सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम बीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो ।

गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् । सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले फिल्म निर्माण कर्ताको रुपमा प्रवेश गर्नुभएका नायक सौगात मल्ललाई शुभकामना दिनुभयो । त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताउनु भयो । त्यस्तै गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताउनु भयो ।

त्यस्तै, नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नको लागि यो फिल्मले भुमिका दिएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताउनु भयो । उहाँले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताउनु भयो । त्यस्तै नायिका श्रृष्टी श्रेष्ठले फिल्ममा काम गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनु भयो । त्यस्तै नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम शुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गर्नुभयो ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टीसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भुमिका छ । फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ ।