२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजश्व संकलन



अ+ अ-

कास्की । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।  गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलन बढेको छ । पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व संकलन भएको बताउनु भयो । उहाँले मूल्य अभिवृद्धि कर भने लक्ष्य अनुसार संकलन हुन नसकेको बताउनु भयो ।

प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय,प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धिकर कम भएको बताउनु भयो । उहाँले राजश्व संकलन वृद्धिदरअनुसार कमै भएपनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने बताउनु भयो । कार्यालय प्रमुख शर्माले पोखराको राजश्व संकलनको मुख्य श्रोत पर्यटन रहेको भन्दै कोरोनाले पर्यटन व्यवसाय तङ्ग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।

आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताउनु भयो । कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको शर्माले बताउनु भयो । उहाँले करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको बताउनु भयो । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजश्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजश्व संकलन गरिन्छ ।