२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन माओवादी र समाजवादीलाई योगेश भट्टराईको आग्रह



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गर्नुभएको छ ।

मंगलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गर्नुभएको हो । उहाँले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउनु भयो ।

उहाँले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताउनु भयो । विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उहाँले अगाडी जाने बारेमा मात्रै सोच्नुपर्ने बताउनु भयो । भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिनुभयो ।

उहाँले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडी नफर्किउँ कसले के ग¥यो भन्ने कुरा ।

जब कसले के ग¥यो भन्नेकुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ । अगाडी कसरी जाने त्यो सोचौँ । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि, स्वर्ग जाने हो भने त गोजिमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजिमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर ग¥यो भने अन्त गइन्छ । आजकाल जिपिएस किन लगाइन्छ भने जिपिएसले ठिक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरु र समाजवादीले जिपिएस लगाउनुपर्याे ।

अब त्यो जिपिएस जिउमा लगाउनुप¥यो र फर्किनुपर्याे । बाटो फर्किनुपर्यो । अनि हामी सँगसँगै हुँदै जाऔँ । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौँ । जुन बेलाबाट हामी एउटै बाटोमा हिडौँला त्यो बेलाबाट एउटै बाटोमा हिडौँला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो ।

अब अलि छिटो एउटै बाटोमा नहिडौँ न त ठिकै छ । एउटै दिशामा जाउँ । लेन अलिकति फरक जाउँ न त । लेन फरक जाऔँ दिशा एउटै गरौँ । कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त । आजका नेताहरुको पालना भएन भने तपाई र मेरो पालामा गरौँला न त के फरक प¥यो र । यदी त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउनु भयो । उहाँले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताउनु भयो । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय समथ्र्य भएको शक्ति चाहिन्छ जसले शिक्षामा पनि ठूलो क्रान्ति गर्नसक्छ । त्यो सामथ्र्य भएको शक्ति भनेको आजको दिनमा नेपालको वामपन्थी आन्दोलन हो । कम्युनिष्ट आन्दोलन हो । अरुले सक्नेवाला छैनन् । त्यो शक्तिले नै हाम्रा छिमेकी हुन चाहे हाम्रा टाढाका मित्रहरु हुन् ।

तिनीहरु सँग आँखा जुधाएर बोल्न सक्छन् । तिमी सँग हामी यति सहयोग लिन्छौँ । यति लिन्नौँ । तिम्रो यो शर्त मान्छौँ । यो शर्त मान्दैनौँ । हामी त्यो भन्न सक्छौँ । यदी त्यो शक्ति भएन भने त्यो भन्न सकिदैन ।

जब त्यो भन्न सकिँदैन ब्वाँसोले पछाडीबाट भैंसिलाई कन्याउँदै त्यसको भित्र सबै खाएजस्तो साम्राज्यवादीहरुले, आजको दलाल पुँजीले यदी राष्ट्रिय सामथ्र्य भएको शक्ति भएन भने कन्याउँदै कन्याउँदै भित्र सबै खाइदिन्छ । हाम्रो शिक्षा प्रणालीलाई त्यसबाट जोगाउँदै दक्ष शिक्षा प्रणालीतिर लानको निम्ति राष्ट्रिय सामथ्र्य भएको नै चाहिन्छ ।’

उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गर्नुभयो ।