२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन



अ+ अ-

एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् ।

बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई पराजित गर्दै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएका हुन् ।

विक्रमासिंघेले १३४ मत पाए । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।

श्रीलंकाको संसदमा रहेका २२५ सदस्यमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको बताइएको छ ।

विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमाले ८२ र अनुरा कुमारा दिस्सानायकेले ३ मत पाएका छन् ।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो । कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ ।