२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शफिकको शतक मद्दतले पाकिस्तान विजयी



अ+ अ-

पाकिस्तानी ब्याट्सम्यान अब्दुल्लाह शफिकले पाँचौं दिन व्यक्तिगत १६० रनको धैर्यपूर्वक ब्याटिङ गरेसँगै पाकिस्तानले श्रीलंकालाई पहिलो टेस्टमा चार विकेटले पराजित गरेको छ ।

शफिकले पाकिस्तानलाई जित दिलाउन ४०८ बलको सामना गरी अविजित १६० रन बनाएका थिए । उनले ७ चौका र एक छक्का प्रहार गरेका थिए ।

श्रीलंकाको गालेमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तान १–० ले अघि भएको छ ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले पनि महत्वपूर्ण पालि खेलेका थिए । उनले पहिलो इनिङमा ११९ रन तथा दोस्रो इनिङमा ५५ रन बनाएका थिए । दोस्रो इनिङमा मोहम्मद रिजवानले ४०, इमाम उल हकले ३५ रन बनाएका थिए ।

यसअघि श्रीलंकाले पाकिस्तानलाई जितका लागि ३४२ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले अलआउट हुँदै पहिलो इनिङमा २२२ तथा दोस्रो इनिङमा ३३७ रन बनाएको थियो ।

पाकिस्तानले भने पहिलो इनिङमा २१८ रन बनाएको थियो । ३४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४४ रन बनाउन सफल भएको थियो ।

श्रीलंका भ्रमणमा रहेको पाकिस्तानले दोस्रो टेस्ट गालेमा नै खेल्नेछ ।