२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरले आव २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ ।

बुधवार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनु भयो ।

उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनु भयो । मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको बताउनु भयो । उहाँले वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद् सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताउनु भयो । त्यस्तै मेयर महर्जनले महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो ।

उहाँले आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजश्व संकलन प्रक्रियालाई अनलाइन सिस्टममा आवद्ध गर्ने बताउनु भयो । मेयर महर्जनले मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने बताउनु भयो ।

उहाँले महानगरले शैक्षिक क्रियाकलापलाई एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गरिने बताउनु भयो । मेयर महर्जनले खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने बताउनु भयो । उहाँले छिमेकी नगरपालिकाहरुको परियोजनामा सहयोग गर्ने योजना बनाएको बताउनु भयो ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रश्तुत गरेको थियो । जसमध्ये चालु खर्चतर्फ २ अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिको ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको प्रश्तुत बजेटमा आन्तरिक स्रोत ३ अर्ब ९६ करोड,संघीय सशर्त अनुदान ६५ करोड ९४ लाख,प्रदेश सशर्त अनुदान २९ करोड ९८ लाख ४ हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरण १ अर्ब ७० करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको छ । चालु खर्चतर्फको ४५ करोड रुपैयाँ ललितपुर महानगरपालिका भित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक एकमुष्ठ रुपमा १० हजारका दरले दिनको लागि छुट्याएको छ ।

 




भर्खरै