२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी स्वीकार नगर्ने भनी अमेरिकालाई पत्र लेख्न कसले रोक्यो? : झलनाथ खनाल (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन नगरिको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले गरेको निर्णय कार्यान्वयन हुँदैन भने मुलुकको कार्यकारी अधिकार कहाँ कोसित छ भनी प्रश्न गर्नुभयो ।

नेता खनालले एसपीपी स्वीकार नगर्ने भनेर मन्त्रिपरिषद् एक महिनाअघि नै निर्णय गरेको स्मरण गराउनुभयो ।

एसपीपी स्वीकार गर्दैनौँ भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के भनी प्रश्न गर्दै भन्नुभयो, “कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?”