२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण



अ+ अ-

वासिङटनः अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति बाइडेनलाई कोभिडको सामान्य लक्षण देखिएको र उहाँ स्वस्थ रहनु भएको जनाएको छ । यसअघि नै राष्ट्रपति बाइडेनले खोपको पूरा मात्रा लगाइसक्नु भएको छ । हाल उहाँलाई पाक्सलोभिड नामको औषधि दिइएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।

बाइडेनलाई राष्ट्रपति कार्यालयमै आइसोलेसनमा राखिएको र परीक्षणमा नेगेटिभ आएपछि मात्र व्यक्तिगत भेटघाटमा रहनु हुनेछ । तर उहाँले राष्ट्रपति कार्यालयबाटै यसअघि तय भएका भेटघाटलाई जुम मार्फत संवाद गर्नु हुनेछ ।

यसअघि राष्ट्रपति बाइडेनको मंगलबार कोरोना परीक्षण गरिएको थियो, र त्यस परीक्षणमा उहाँमा कोरोनाको संक्रमण देखिएको थिएन । तर बिहीबार गरिएको परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको थियो ।

भारतीय प्रधानमन्त्री समेत विश्वका नेताहरुले राष्ट्रपति बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । (एएनआई)