२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका (भिडियो)



अ+ अ-

काठमाडौँ । नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोईरालाकी पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु मातृका, पति वि.पि. र देवर गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको हेर्न पाउनु भयो । तरपनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गर्नु भएन । बरु दुई तिहाई बहुमत प्राप्त दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका आफ्ना पति वि.पि.लाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनसन बस्नुभयो ।

अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रमिती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन् ।

वि.पि.को राजनीतिक जीवनमा श्रीमती सुशीलाको भुमिका र प्रभाव रहेको विश्लेषण भइरहेको परिपे्रक्ष्यमा वास्तवमा विपीको जीवनमा श्रीमती सुशीलाको कस्तो प्रभाव थियो? भनेर छोरा प्रकाश कोईराला र काँग्रेसका पुराना नेता केशवनन्द जोशीलाई सोधका छौँ । यो कुराकानीमा नेता जोशीले राजासँग सुवर्ण समशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताउनु भयो । उहाँले वि.पी.लाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि बताउनु भयो ।

सुवर्ण समशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाई पनि वि.पि.की श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताउनु भयो ।

नेता जोशीले भन्नुभयो, ‘मैले सुनेअनुसार सुशीला भाउजुले वि.पि.लाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ ।’

त्यस्तै तत्कालीन समयमा नेपाली काँग्रेस पार्टीले दुई तिहाईका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा वि.पि.उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोईरालाले बताउनु भयो । उहाँले पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा उनले कोईराला परिवारबाट नै गाली खाएको बताउनु भयो । उहाँले आमाको प्रधानमन्त्री नबन्ने प्रस्ताब कोईराला परिवार कसैलाई चित्त नबुझेको बताउनु भयो । वि.पि.ले आमाका सबै कुरा सुन्ने गरेपनि निर्णय आफ्नै लिने गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिवद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा पार्टीले दुई तिहाई मतका साथ जितेको भएपनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । त्यो अवस्थाले मेरो आमालाई एकदमै चिन्तित बनाइरहेको थियो । वि.पि.लाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उहाँलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो । त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म वि.पि.ले जतिपनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो ।

एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो अर्कोतिर नेपाली काँग्रेस भित्रैबाट पनि वि.पि.लाई असहयोग हुने गाईंगुईं चलेको थियो । त्यसैले मेरो आमाले पटकपटक बाबालाई तपाई प्रधानमन्त्रीमा दाबी नगर्नुस् । सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो । मेरी आमाको त्यस्तो अडान कोईराला परिवारका धेरै सदस्यलाई चित्त बुझेको थिएन ।

सबै वि.पि.लाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । सुशीलाले के यो नचाहिने अड्डी लिएकी भन्ने उहाँहरुको बुझाई थियो । बाबाले आमाको कुरा राम्रोसँग सुन्नुहुन्थ्यो तरपनि निर्णय त वि.पि.कै हुन्थ्यो । अन्तिममा उहाँले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिनुभयो ।’

कोईरालाले प्रधानमन्त्री भएर देशको सेवा गर्ने वि.पि.को चाहनापछि सबै परिवारसँग कुरा गरेर पार्टी र देशको नेतृत्व गरेको बताउनु भयो ।