२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियामा नेपाल सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुँदैछः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गर्नुभएको छ ।

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथ्मा नेपाल नरहेको बताउनु भयो । उहाँले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताउनु भयो । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गर्नुभयो । उहाँले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध छ । त्यतिमात्र होइन, नेपाली काँग्रेस सदैव प्रेस स्वतन्त्रतालाई अक्षुण्ड राख्न चाहन्छ । यो सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न चाहन्छ । अहिले देशमा हरेक चोकचोकमा एउटा अफवाह फैलाइएको छ ।

नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको छ भनेर । नेपाल श्रीलंकाको पथमा अग्रसर हुँदैछ भन्ने अफवाह छ, नेपालको अर्थतन्त्रमा केही समस्याहरु छन्, तर नेपाल श्रीलंकाको पथमा जाँदैन । जुन भ्रम छ त्यसलाई चिरेर नेपाली जनतालाई, हामीले आश्वस्त गर्न जरुरी छ । नेपाल चाँडै नै दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुनेछ, अब चाँडै संघ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गर्ने गरेर जानुपर्छ ।’ सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताउनु भयो ।