९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा नेपाली दूतावास भवन बन्ने, डिजाइन तयार



अ+ अ-

काठमाडाै।अस्ट्रेलियामा केही महिनामै नेपाली दूतावासको भवन निर्माण सुरु हुने भएको छ । भवनको डिजाइन र नक्सा तयार भइसकेको छ । अस्ट्रेलियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले भवनको डिजाइन तयार भई आवश्यक स्वीकृति प्राप्त भइसकेकाले छिट्टै निर्माण सुरु हुने बताउनुभएको छ ।

उहाँले माइकल डी रामियो, अरुण के. श्रेष्ठ र फ्युजन-म्याक्रिस जेभीको टोलीलाई समयमै सुन्दर डिजाइनका लागि धेरै धन्यवाद दिनुभएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा तत्कालीन राजदूत लक्की शेर्पाको पालामा ६ हजार १९८ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको थियो । सन् २०१८ को मार्चमा खरिद गरिएको सो जग्गा करिब १० करोड नेपाली रुपैयाँमा लिइएको बताइएको छ ।