२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनसन एण्ड जोनसनको बेबी ट्याल्कम पाउडर बन्द हुदै



अ+ अ-

काठमाडौं । जोनसन एण्ड जोनसनको बेबी ट्यालकम पाउडर २०२३ देखि सदाका लागि बन्द हुने भएको छ । उक्त ट्याल्कम पाउडरमा क्यान्सरजन्य वस्तुहरु रहेको भन्दै उजुरी पर्ने क्रम बढ्दै गएपछि कम्पनीले सन् २०२३ बाट पाउडरको बिक्री वितरणमा पूर्ण बन्द गर्ने घोषणा गरेको हो ।

उक्त पाउडरमा एस्बेस्टोस नामक क्यान्सरजन्य पदार्थको मात्रा पाइएको कारण विश्वभरबाट प्रतिबन्ध लगाइनुपर्ने माग बढ्दै गएको थियो ।

ट्याल्कम पाउडरमा शरीरलाई सुक्खा राख्न प्रयोग गरिएको खनिजमा एस्बेटोसको मात्रा देखिएको जानकारहरुको भनाइ छ ।

जोनसन एण्ड जोनसनको ट्याल्कम पाउडरविरुद्ध पहिलादेखि नै विश्वभरबाट विभिन्न उजुरीहरु पर्दै आएको थियो ।

सन् २०१८ मा गरिएको एक अनुसन्धानमा कम्पनीले ट्यालकम पाउडरमा एस्बेस्टोसको मात्रा हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यसलाई ढाकछोप गर्न खोजेको आरोपसमेत लागेको थियो ।

अमेरिका र क्यानडाले भने सन् २०२० मा नै जोनसन एण्ड जोनसनको ट्याल्कम पाउडरको बिक्री वितरण बन्द गरेको थियो ।

कम्पनीले अब उक्त पाउडरको ठाउँमा ‘कर्न स्ट्र्याच’ पाउडर बिक्री वितरण गर्ने जनाएको छ ।