९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनद्वारा युक्रेनमा सैन्य कारवाहीको घोषणा



अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रलाई सम्बोधन गर्दै केही समयअघि युक्रेनमा विशेष सेना परिचालन गर्ने घोषणा गरेका छन्। यससँगै रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको छ । युक्रेनको राजधानी किभबाट विष्फोटका आवाज आइरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले परिणाम भोग्ने धम्की दिएका छन् । बाइडेनले यो युद्धले भयानक विनाश निम्त्याउने बताएका छन् । यसैबीच पुटिनले कडा चेतावनी दिँदै कुनै पनि देशले युक्रेन–रुस युद्धमा छिर्ने प्रयास गरे त्यसको परिणाम भयावह हुने बताएका छन् । पुटिनले रुस आफ्नो सुरक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारेका छन् । 

आणविक हतियारले सुसज्जित रुस र नेटो अहिले आमनेसामने भएका छन् । यसैबीच राष्ट्रपति पुटिनले विशेष अपरेशनको निर्णयबारे देशवासीलाई जानकारी गराए । उनले टेलिभिजनमार्फत सन्देश जारी गरेका हुन् । 

टेलिभिजन सम्बोधनमा उनको भनाइ यस्तो छ : 

युक्रेनमा बस्ने मानिसहरूलाई उनीहरू कहाँ बस्न चाहन्छन् भनेर कहिल्यै सोधिएको छैन र हामीसँग निर्णय गर्ने अधिकार छ। हामीले क्रिमियाका जनतालाई पनि जोगायौँ अब युक्रेनका जनताको पनि सुरक्षा गर्नेछौँ। हामी आत्मरक्षामा काम गरिरहेका छौँ। हाम्रो विरुद्धमा खतराको सिमाना खोलिएको छ।

हामी छिट्टै यो दुखद घडी पार गर्नेछौँ। तर यस अवधिमा हामी कुनै पनि बाहिरी हस्तक्षेप सहने छैनौँ। म युक्रेनी सेनालाई भन्न चाहन्छु कि तिम्रा बुबा र हजुरबुवाले हाम्रो साझा लडाईं जारी राख्नुभयो। तिमी आफ्नो हतियार राख र घर जाऊ। युक्रेनका ती सबै सैनिकहरूलाई सुरक्षित घरमा लगिनेछ। त्यसो गरेनन् भने परिणाम भोग्नुपर्छ । किभ यसको लागि जिम्मेवार छ।

जे भइरहेको छ त्यसमा कुनै विदेशी देश प्रवेश गर्‍यो भने बुझ्नुहोस्, त्यसको तत्काल जवाफ मिल्नेछ र इतिहासले कहिल्यै नदेखेको हुनेछ । मलाई आशा छ मेरो आवाज सुनिनेछ।

हाम्रा प्रिय रुसीहरू यो तपाइँ एकजुट हुने समय हो। सेना अगाडि बढ्छ। अमेरिका झूटको साम्राज्य हो। ऊसँग कुण्ठित सेना छ तर दिमाग छैन। हामीसँग यो छ। हामी तयार छौँ र हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न लड्नेछौँ।

रुसी सेनाले व्यावसायिकरूपमा आफ्नो काम पूरा गर्नेछ भन्नेमा म सकारात्मक छु। सामाजिक सुरक्षा, वित्तीय क्षेत्रको ख्याल राखेका छौँ । रूसको भाग्य सुरक्षित हातमा छ। जे निर्णय गरे पनि लक्ष्य पूरा हुन्छ ।

मलाई आशा छ तपाईंहरुले मेरो निर्णयलाई समर्थन गर्नुहुनेछ। एजेन्सीको सहयोगमा