२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल केन्यासँग १८ रनले पराजित



अ+ अ-

काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन, आदील अन्सारी र रोहित पौडेलले समान २०/२० रन जोडे ।

यसैगरी पवन सर्राफ १९ रनमा आउट भए भने कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमेद शून्य रनमा अविजित रहे ।

केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोडे भने नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३/३ विकेट लिए । करण केसीले २ विकेट लिदा पवन सर्राफले १ विकेट झारे । अब नेपालले केन्या विरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।