२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले बालेनलाई भने – ‘जे गर्दै हुनुन्छ गज्जब गर्दै हुनुहुन्छ’



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको समर्थन गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत मिश्रले बालेनले अवैध संरचना भत्काएकोमा समर्थन जनाएका हुन् । यद्यपि, कानुन बमोजिम क्रियाकलाप गर्नुपर्ने उनको सुझाव छ ।

उनले भनेका छन्,  बालेन जी,
जे गर्दै हुनुहुन्छ, गज्जब गर्दै हुनुहुन्छ। नियम-कानूनको चाहिँ अलि ख्याल गर्नुहोला। अन्यथा फेरि पछि अदालतले काम रोकिदिन्छ। तपाईंले चाहेर पनि काम गर्न पाउनु हुन्न।
पार्किङ्ग स्थलको गलत प्रयोगसँगै, सम्पदा/नदी/बाटो/फुटपाथ/सार्वजनिक जमिनको अतिक्रमण, मापदण्ड/नक्शा विपरितका/तोकिएभन्दा अग्ला घरहरू सबैमा डोजर लगाउनै पर्ने छ।
नियम-कानूनको पालना गरेर तपाईंको अधिकार क्षेत्रभित्र पर्ने कसैलाई नछोड्नु होला। मैले नियम-कानूनमा किन जोड दिएको भने, हत्याराले हत्या गर्यो भनेर राज्यले हत्याराको हत्या गर्न मिल्दैन। चोरले चोर्यो भनेर राज्यले पनि चोर बाटो लिन मिल्दैन।
तपाईं राज्य हो। नियम-कानून तोड्नेहरू व्यक्ति हुन्। राज्यले नियम(कानूनको पालना नगर्दा नै आज देशको हविगत यस्तो भएको हो। 




भर्खरै