२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको एक सय ५२ घरधुरीलाई पुनःस्थापनाका लागि सिफारिस



file photo
अ+ अ-

फुङ्लिङ । जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको छ । बाढी र पहिराबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।

सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरीपरिवारलाई पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको वाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए ।

गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट उक्त सङ्ख्याका घरधुरी विस्थापित भएको जनाउँदै पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।

बाढी पहिराबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाएको छ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भन्नुभयो,“ बाढी पहिराबाट विस्थापितलाई पुन स्थापना गर्न संघीय तथा प्रादेश सरकारले ध्यान दिनुपर्छ । ”