२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ ।

अधिवक्ता दीपकराज जोशीले महानगर प्रमुख साहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी दिएको निवेदनमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सो आदेशको विरुद्धमा ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी बालेनले प्रतिक्रिया दिनुभएको थियो ।

यो पनि पढ्नुहोसनक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिइयोस: महानगर प्रमुख साह

अधिवक्ता जोशीले बालेनको सो प्रतिक्रियाले अदालतको अवज्ञा भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।