२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीजमा पशुपति: पूजा, आराधना र नाचगान (फोटो फिचर/भिडियो)



अ+ अ-

आज हरितालिका तीज । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाउँदै छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा तीज मनाउने गरिन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ । पशुपति नाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवं व्रतालु महिलाको घुइँचो लागेको छ ।

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको देख्न सकिन्छ । अन्य वर्षहरुको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौं कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै खुशी प्रकट गरे ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको व्यवस्थापन गरेकोले व्यवस्थाजपन कार्यमा कठिनाइ नभएको बताउनु भयो । उहाँले क्षेत्र विकास कोषले आज दिनभरका लागि नै सबै ढोका दर्शनार्थीहरुका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो सोही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताउनु भयो ।

उहाँले व्रतालुको स्वासथ्य हेरचाहका लागि पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अस्पतालका स्वास्थ्यकर्मीहरुको टोली खटाइएको बताउनु भयो । उहाँले व्यवस्थापन सहजताका लागि नेपाल प्रहरी र विभिन्न सामाजिक संस्थाहरु परिचालन गरिएको बताउनु भयो ।

आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ । हिजो ९सोमवार० दर खाएपछि औपचारिक रुपमा शुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् । आज देशभरका शिवालयहरुमा महिला भक्तालुहरुको भीड लाग्छ ।