२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो विश्वकै सबैभन्दा खतरनाक ताल, जहाँ वैज्ञानिक समेत जान डराउँछन्



अ+ अ-

एजेन्सी । पृथ्वीमा धेरै नदी र तालहरू छन्, जसमध्ये यस्ता कैयौं तालहरूलाई अत्यन्त खतरनाक पनि मानिन्छ । संसारमा धेरै रहस्यमय तालहरू छन्, जसमा कुनै पनि जीवित प्राणीको मृत्यु हुन सक्छ ।

यी तालहरूको रहस्य आजसम्म खुल्न सकेको छैन । आज यस्तो एक तालबारे यहाँ चर्चा गरौँ जुन निकै खतरनाक मानिन्छ । यो रहस्यमय ताल दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा अवस्थित छ । ‘फुण्डुजी’ नामको यो तालमा कोही अकस्मात पसे भने उसको ज्यानै जान्छ ।

फुण्डुजी तालको नाम सुनेपछि वैज्ञानिक पनि डराएका छन् । मुटाली खोलाको पानी यस खतरनाक तालमा खस्छ । भनिन्छ, यो खोलाको पानी एकदम सफा भए पनि तालमा पस्नेबित्तिकै विषाक्त हुन्छ । वैज्ञानिकहरूले यस तालको रहस्य जान्न धेरै प्रयास गरे तर सफल भएनन् ।

मिडिया रिपोर्टका अनुसार धेरै वैज्ञानिकहरू यस खतरनाक तालको पानीको खोजी गर्न पुगेका थिए तर उनीहरूसँग त्यस्ता केही दुर्घटना घट्न थाल्यो । हरेक पटक यस्तो भयो, त्यसपछि वैज्ञानिकहरू पनि चकित भए र उनीहरू पनि यस तालको नजिक जान डराए । उनीहरु यो तालबारे अनुसन्धान गर्न डराउँथे ।

सन् १९४६ मा एन्डी लेभिन नामका एक शोधकर्ताले यस तालको पानीको खोजी गर्ने साहस गरेका थिए । यहाँ उनी एक साथीसँग खोजी गर्न गए र पानी परीक्षण गरे । पानीको स्वाद अनौठो लागेपछि उनले बोतलमा पानी र बिरुवालाई पनि परीक्षणका लागि साथमा लिएर गए ।

त्यसपछि जब उनी त्यहाँबाट जान थाले, तब उनी बारम्बार घुमेर तालको नजिक पुग्थे, किनभने त्यहाँबाट जाने बाटो नभेट्ने गर्थे । त्यसपछि उनले तालको पानी फ्याँकेपछि उनी सकुशल घर पुगेका थिए । सबैभन्दा अचम्मको कुरा त के छ भने केही दिनपछि मात्रै उनको मृत्यु भयो । उनका साथीको पनि दुर्घटनामा मृत्यु भयो । तालमा भएको यो १३ औं दुर्घटना हो ।

यस तालको धेरै कथाहरू छन् । भनिन्छ, धेरै पहिले एक कुष्ठरोगीलाई यहाँका बासिन्दाले बस्न र खाना खान अस्वीकार गरेका थिए । यसपछि ती कुष्ठरोगी रिसाउँदै श्राप दिएर तालमा गए । त्यसपछि उनी फेरि भेटिएनन् ।

स्थानीय बासिन्दाका अनुसार तालबाट कहिले ढोल बजेको आवाज सुनिन्छ भने कहिले जनावर र मानिसको चिच्याहट सुनिन्छ ।