२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ-यो



अ+ अ-

काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ ।

केन्या विरुद्धको पाँच खेलको टि–ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो । मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ । उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ ।

टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।रासस