२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरुलाई सम्मान



अ+ अ-

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ ।

बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो । नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो ।

संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो । वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ ।

त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु हुनुहुन्छ ।