२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस बर्षको पद्मश्री साधना सम्मान डा. सन्दुक रुइतलाई



अ+ अ-

काठमाडौं । यस बर्षको पद्मश्री साधना सम्मान डा. सन्दुक रुइतलाई अर्पण गरिने भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले आज एक बिज्ञप्ति जारी गर्दै डा रुईतलाई अर्पण गर्ने जानकारी गराएको हो ।

यसैगरी २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रहलाई अर्पण गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको जनाईएको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुनुहुन्छ । सन्दूक रुइत नामक उहाँको जीवनी अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।

वि .स.२०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । प्रतिष्ठानका अनुसार अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् ।

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । उहाँका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।

पद्मश्री साहित्य पुरस्कार को निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा रहनु भएको थियो ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।