२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद भट्टराईको प्रश्न- सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको हो ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा नमानेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रपति व्यक्तिको रुपमा नभई देशको सर्वोच्च संस्था, गणतन्त्रको प्रतिक र राजनीतिक प्रतिद्वन्द्व भन्दा माथिको संस्था भएपनि सरकार, सभामुख र गठबन्धनका नेताहरुले त्यस अनुरुप व्यवहार नगरेको बताउनुभएको हो । उहाँले सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार नगरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘मेरो विचारमा राष्ट्रपति देशको एउटा सर्वोच्च संस्था हो । गणतन्त्रको प्रतिक हो । र राजनीतिक प्रतिद्वन्दीता भन्दा माथिको संस्था हो यो । र यो स्वरुपमा व्यक्ति भएपनि सारमा यो एउटा संस्थाको रुपमा रहेको हुन्छ । आजको सत्तापक्षले, यो गठबन्धनले, सरकारले राष्ट्रपतिलाई संस्थाको रुपमा व्यवहार गरिराखेको छ कि छैन ? मैले हेर्दा संस्थाको रुपमा व्यवहार गरेको देखिराखेको छैन ।

नागरिकताको विषयमा जुन प्रश्न उठाउनुभयो, सन्देश पठाउनुभयो, त्यसपछि जस्तो खालको व्यवहार सत्तापक्षले देखायो, यो असाध्यै गैरजिम्मेवार, सत्ता गठबन्धनका नेताहरु, सरकार, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख उहाँहरुले जुन ढंगको व्यवहार देखाउनुभयो यसले राष्ट्रपतिलाई संस्थाको रुपमा मानेको देखिएन ।’

उहाँले सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो । सभामुख सापकोटा रिमोटबाट चलेको आरोप उहाँले लगाउनु भयो । सभामुखले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराएको र संसदको गरिमा र महत्व घटाएको उहाँको भनाई छ । सभामुखको दायित्व सबैसँग समन्वय गर्नुपर्ने भएपनि सो दायित्व पूरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।