२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिस प्रिमियर लिग : सिटीलाई एस्टन भिल्लाले बराबरीमा रोक्यो



म्यान्चेस्टर सिटीका एर्लिङ हालान्ड सिटीका लागि गोल गरेपछि खुशी हुँदै ।
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा गत वर्षको लिग बिजेता म्यान्चेस्टर सिटीलाई एस्टन भिल्लाले बराबरीमा रोकेको छ । नब्बे मिनेटको खेलमा दुबै टिमबाट एकएक गोल मात्र भएका थिए ।

निकै आक्रामक रुपमा खेले पनि सिटी विजयी हुन सकेन, र महत्वपूर्ण तीन अंक गुमायो । पहिलो गोल भने ५० औं मिनेटमा सिटीका लागि निकै फर्ममा रहेका एर्लिङ हालान्डले गरेका थिए । यस सिजनमा हालान्डले २ ह्याट्रिक सहित १० गोल गरिसकेका छन् ।

तर ७४ औं मिनेटमा एस्टनका लागि लियोन बेलीले बराबरी गोल गरेका थिए ।

यो बराबरीसँगै म्यान्चेस्टर सिटीले ६ खेलबाट १४ अंक बनाई दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

शनिबार साँझ नै भएका अन्य खेलहरुमा चेल्सी, टोटेनह्यामले महत्वपूर्ण जित निकालेका छन् । तर लिभरपुल भने एभर्टनसँग बराबरीमा रोकिएको छ ।

लिगको यस सिजनमा चेल्सीले ६ खेलबाट १० अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ । वेस्टह्याम युनाइटेडसँगको संघर्षपूर्ण खेलमा चेल्सी २–१ ले विजयी भएको हो । चेल्सीका लागि बेन चिल्वेलले ७६ र काई हावार्जले ८८ औं मिनेटमा गोल गरेका थिए ।

तर पहिलो गोल भने वेस्टह्यामका लागि मिखाइल एन्टोनियोले ६२ औं मिनेटमा गरेका थिए । वेस्टह्यामका म्याक्सवेल कोर्नेटले गरेको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् ।

अर्कोतर्फ, टोटेनह्यामले फूलह्यामलाई २–१ ले पराजित गरेको थियो । टोटेनह्यामका लागि होयबर्गले ४० र ह्यारी केनले ७५ औं मिनेटमा गोल गरेका थिए भने फूलह्यामका लागि एक मात्र गोल अलेक्सान्डर मिट्रोभिकले ८३ औं मिनेटमा गोल गरेर टोटेनह्याममाथि दबाब सिर्जना गरेका थिए ।

यो जितसँगै टोटेनह्यामले ६ खेलबाट १४ अंक बटुल्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा रहेको आर्सनलले ५ खेलबाट १५ अंक बनाइसकेको छ, र आर्सनल यस सिजनमा अपराजित छ ।

अन्य खेलहरुमा ब्रेन्टफोर्डले लिड्सलाई ५–२ ले पराजित गरेको छ भने बोर्नमाउथले नटिङघम फोरेस्टलाई ३–२ तथा उल्भ्सले साउथह्याम्प्टनलाई १–० गोल अन्तरले पराजित गरेका थिए । क्रिस्टल प्यालेस र न्यूक्यासलबीचको खेल भने बराबरी (०–०) मा सकिएको थियो । एजेन्सी