२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए क्रिकेट टोलीको घोषणा



अ+ अ-

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले आईतवार क्रिकेट टोलीको घोषणा गरेको छ ।

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन् ।

यस्तै टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरी, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, दिपक क्षेत्री, आशिस पोखरेल, गम बहादुर गुरुङ र सागर पुन रहेका छन । टोलीको व्यवस्थापकीय जिम्मेवारी स्वम्भूराज डंगोललाई दिइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ तर पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल ट्वान्टी–२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।