२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ ।

डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’

महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गी रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।

आजबाट प्रयोगशाला भएका वडाहरुमा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।