२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानढोका-स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्नेछ: पर्यटनमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ ।

काठमाडौंमा हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका(स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताउनुभयो । विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लव संयोग रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम संचालन गरेको हो । पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० जना स्थानीय युवाहरुलाई तालिममा सहभागि गराइएको थियो ।

स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिनेछ ।

श्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २।२ किलोमिटर रहेको छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुंदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालनको बिषय समेट्नुभएको थियो ।