२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया



अ+ अ-

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो ।

बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताउनुभयो । गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले बताउनुभयो ।

यो यन्त्रमार्फत हर्निया, एपेन्डिक्स र पित्तथैलीको पत्थरी शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिनुभयो । “दुरविन यन्त्रमार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सर्जरी जस्तो, ठूलो घाउबनाउनु पर्दैन, यो आधुनिक प्रविधियुक्त विधि हो”, डाक्टर कुँवरले भन्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौँ जान नपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म अस्पतालमा शल्यक्रिया ‘ओपन सर्जरी’मार्फत गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “औजार उपकरण र दक्षजनशक्ति भएपछि आधुनिक प्रविधिको प्रयोग गरेर उपचारलाई थप सहज बनाएका छौँ, यहाँ आवश्यकपर्ने औजार उपकरण सरकारसँग माग ग¥र्यौं र प्राप्त ग¥र्यौं, अब उपचार थपप्रभावकारी हुने अपेक्षा लिएका छौँ ।”