२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछाने जबरजस्ती करणी प्रकरण: क्यानको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको क्रिकेट करिअर जोखिममा परेको छ । एक किशोरीले सन्दीपमाथि जबरजस्ती करणी कसूरमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि उनको करिअर धरापमा परेको हो ।

जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने सन्दीपले यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं ३०५ मा लगेको उल्लेख छ ।

भदौ ६ गते राति अन्दाजी १२ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उजुरीमा भनिएको छ । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

सन्दीपमाथि गम्भीर आरोप लागेको हुँदा उनीविरुद्धको मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानीका साथै अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुनसक्छ ।

यसैबीच सन्दीपविरुद्ध किटानी जाहेरीपरेपछि नेपाल क्रिकेट संघ (क्यान) को आज बैठक बस्दैछ । उनलाई क्यानले गत वर्ष मंसिरमा नेपाली राष्ट्रिय टिमको कप्तानमा नियुक्त गरेको थियो ।

आरोप प्रमाणित नभएसम्म सन्दीपलाई दोषी ठहर गर्न नसकिने भए पनि बैठकले उनको कप्तानीलाई तत्कालका लागि निलम्बनमा राख्न सक्ने जनाइएको छ । अनुशासनको उल्लंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही गरेपछि क्यानले सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

केन्यासँगको पाँच वटा टि–२० र तीन वटा एक दिवसीय क्रिकेट खेल्न केन्या पुगेका सन्दीप यतिबेला एक दिवसीय सिरिज छाडेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

उनीविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेपछि विदेशी लिगहरुमा उनको स्थान पनि गुम्नसक्ने जनाइएको छ । सन्दीप नेपाली क्रिकेट खेलाडी मात्र नभएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त क्रिकेटर पनि हुन् । उनले भारतको आइपीएललगायत वेस्ट इन्डिज र अस्ट्रेलियामा विभिन्न लिग खेलिसकेका छन् ।

आरोप प्रमाणित भएमा उनलाई १२ वर्षको जेल सजाय हुनसक्ने बताइएको छ । यस्तो अवस्थामा उनको खेल करिअर नै सकिने अवस्था छ । निर्दोष ठहरिएको खण्डमा पनि मुद्दाको फैसला नआउन्जेल उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु पनि गुमाउनुपर्ने हुनसक्छ ।




भर्खरै