२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो कर्णाली जलविद्युत र जिएमआर कम्पनी बीच भएको सम्झौता तत्काल खारेज गर्न एमालेको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भिमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौंता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गर्नु भयो । उहाँले विगतमा गरिएको सर्तहरु उलंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौंता रद्द गरेर नेपाल सरकार आफैंले वित्तिय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पार्नु भयो ।

नेता रावलले भन्नु भयो, ‘जिएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौंताको उलंघन गर्दै नेपाललाई क्षति पु¥याउनुको साथै राष्ट्रिय हितमा आँच पु¥याएकाले यो सम्झौंता तत्काल खारेज गरियोस् । उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाईयोस् । नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत आयोजनामा संलग्न सम्झौंता विपरित वित्तिय व्यवस्थापनको म्याद फेरी थपिनु आपत्तिजनक छ । सम्झौंता अनुसार जिएमआरसँगको सम्झौंता रद्द गरी सो आयोजनालाई अनिश्चियको भूमरीबाट जोगाईयोस् । नेपाल सरकार आफैले जनताका सहभागिता समेतमा वित्तिय व्यवस्थापन गरी सो आयोजनाको काम अगाडि बढाओस् । कुनै एउटा विदेशी कम्पनीको सामू नझुकी सम्झौंताहरुको सर्तहरु पालना गरी, गर्न लगाई राष्ट्रिय हितको संरक्षण गरियोस ।’

नेता रावलले सम्झौता विपरितका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गर्नु भयो ।