२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गर्नुभएको छ । पन्त फिल्म प्रोडक्सनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताउनु भयो । उहाँले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गर्नुभयो ।

त्यस्तै अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताउनु भयो । उहाँले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताउनु भयो ।

त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको बताउनु भयो । उहाँले यो चलचित्र सफल भए युवा पिढीहरु नेपालमा नै बस्ने बताउनु भयो । उहाँले चलचित्रमा समस्या मात्र नभइ समाधानलाई पनि देखाइएको बताउनु भयो ।

त्यस्तै निर्देशक साकार पन्तले दशैँको समयमा चलचित्र प्रदर्शनीमा ल्याउनुको काकरण लामो समयपछि परिवारहरुको भेटघाट हुने भएकोले यसलाई नै पायक बनाएर प्रदर्शनी गर्न लागेको बताउनु भयो ।

अभिनेत्री रिमा विश्वकर्माले राम्रो चलचित्रमा अभिनय गर्ने रहर कलाकारहरुको लागि सधैँ रहने भन्दै धेरै कुरा सिक्नकाके लागि महत्वपूर्ण हुने विश्वासका साथ चलचित्र निर्माण गरेको बताउनु भयो ।

झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो । चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ ।




भर्खरै