२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० सिट नपाए विद्रोह हुन सक्छ: शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा कांग्रेसले १०० सिट नपाए विद्रोह हुनसक्ने बताउनुभएको छ ।

प्रेस युनियनले जनकपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रतिनिधिसभाको पूरै १६५ निर्वाचन क्षेत्रमै कांग्रेस एक्लै उठ्ने हो भने पनि आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो हुने उल्लेख गर्दै त्यसमा पनि घटेर कम्तीमा पनि १०० सिट नपाउँदा कांग्रेसभित्र विद्रोह हुने बताउनुभएको हो ।

उहाँले सिट बाडफाँट गर्दा कांग्रेसले १०० सिटभन्दा तल झर्न नहुनेमा जोड दिनुभयो । कांग्रेसले १०० सिट पनि नलिए बहुमत ल्याउन नसकिने उहाँको तर्क थियो । “१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ रु तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ”, उहाँले भन्नुभयो ।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट दिँदा समानुपातिकतर्फ कांग्रेसको मत घट्नसक्ने उहाँको भनाइ थियो ।

कांग्रेस अहिले अप्ठेरो अवस्थामा रहेको भन्दै उहाँले यसबारे आफूहरुले कांग्रेस नेतृत्वलाई भनिरहेको बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनमा नेकपा (एमाले) लाई जित्नका लागि बनाइएको भन्दै उहाँले विचार र सिद्धान्त नमिल्ने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकाले परिणाम कस्तो आउँछ अहिले नै भन्न नसकिने बताउनुभयो ।

तस्बिर: अजयकुमार साह/ रासस




भर्खरै