२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोप लागेका सन्दीपमाथि आईसीसीले लियो चासो



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि चासो लिएको छ ।

एक १७ वर्षीय नाबालिग किशोरीले सन्दीपमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीसमक्ष किटानी जाहेरी दिएपछि आईसीसीले पनि सो घटनाबारे चासो देखाएको हो ।

यद्यपि सन्दीपले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै नेपाल क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका)मा छन् । सन्दीपबारे लागेको आरोपबारे सीपीएलले पनि जानकारी पाएको तर खेलमा कुनै असर नपर्ने बताएको जनाइएको छ ।

आईसीसीले भने उनलाई लागेको अभियोगबारे के हुनसक्छ भनी चासो राखेको बताइएको छ । बलात्कारसम्बन्धी आरोपप्रति आईसीसी पनि संवेदनशील भएको बुझिएको छ ।