२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको निर्वाचन अभियान , घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा बिज्ञहरु छलफल



अ+ अ-

काठमाडौं । राप्रपाले आगामी निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा आज विभिन्न क्षेत्रका विज्ञहरूसंग सुझाव लिएको छ ।

काठमाडौंमा आयोजित सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्रमा जनताका सामु गर्न नसकिने तर शब्दको भण्डार खर्च गर्ने पक्षमा राप्रपा नरहेको बताउँदै जनअपेक्षा अनुरुपको प्रतिबद्धता लिएर जनतामा जाने उल्लेख गर्नुभएको छ ।

राप्रपा भन्नासाथ राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना पक्षधर राजनीतिक शक्ति हो भन्ने आम जनतालाई थाहा छ, अध्यक्ष लिङ्देनले भने ‘हामी मुलुकको आर्थिक सामाजिक रुपान्तरणमा जनताको भरपर्दो शक्तिको रुपमा आफूलाई उभ्याउन चाहन्छौं ।’ परिवर्तनपछि बितेका ३२ /३३ वर्ष र पछिल्लो १५र१६ वर्षमा जनताले आशा र सपना मात्रै पाए तर जीवनस्तरमा तात्विक फरकको अनुभूति गर्न पाएनन्, हामी जनताको अपेक्षासंग एकाकार हुँदै सकारात्मक परिवर्तनको पक्षमा छौं, त्यहि अनुरुपको घोषणापत्र लिएर जनताको घरदैलोमा मत माग्न जान्छौं, जनतालाई धोका दिदैनौं, लिङ्देनले भने ।

आफ्नो सुझाव दिने क्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले राप्रपाको विगतको नेतृत्वले जनताको भावना र विश्वासमाथि खेलवाड गरेको बताउँदै जनतामा भरोसा पैदा गर्न र आत्मसमर्पणवादका विरुद्ध राप्रपा खरो उत्रन आग्रह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सूर्यनाथ उपाध्यायले मान्छे मार्ने आन्दोलन र विगतका सबै आन्दोलनहरु राष्ट्रियताको नाममा भएको बताउँदै राप्रपाले राष्ट्रवादी आन्दोलनको रुपरेखा तय गर्न सुझाव दिए ।

वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारीले सत्ता र शक्तिको आडमा चन्दाको धन्दा मात्रै भइरहेकाले राप्रपा अरु दल भन्दा हरेक हिसाबले प्रष्टताका साथ जनतामा जानुपर्ने बताए । नेपाललाई जनशक्ति निर्यात गर्ने देश मात्रै बन्न नदिन राप्रपा नेतृत्वदायी शक्तिको रुपमा आउने गरि कार्यक्रम समेट्न सुझाव दिनुभयो ।

नेपाल सरकारका पूर्व सचिव डा.द्वारिकानाथ ढुंगेल, भिम उपाध्याय, पत्रकार बबिता बस्नेत, अधिकारकर्मी सरु जोशी श्रेष्ठ, राजनीतिक विश्लेषक डा.राजेश अहिराज, संविधानविद् डा.भिमार्जुन आचार्य, प्रा.डा.पि खरेल, लैङ्गिक अल्पसंख्यकहरुको संस्था ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष पिङ्की गुरुङ, समाजशास्त्री त्रिविका उप प्राध्यापक दिपेश घिमिरे, अर्थसाश्त्री डा।भरत थापा, पत्रकार यशोदा तिम्सिना लगायतका विज्ञहरूले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, भाषा, संस्कृतिको राप्रपा अन्य दल भन्दा पृथक ढंगबाट आउन सुझाव दिएका छन् ।

सुझाव दिने क्रममा विज्ञहरूले भ्रष्टाचारको मुद्दामा राप्रपा कठोर बन्न पनि सुझाव दिए । राप्रपा भ्रष्टाचारको मुद्दामा फरक ढंगबाट आइरहेको छ, भावनात्मक कुरा मात्र गरेर हुँदैन, भ्रष्टाचारको विकेन्द्रीकरण, भ्रष्टाचार निवारण ऐनको संशोधन र अनेक नाम र निकायमा हुने नीतिगत भ्रष्टाचारका विषयमा पनि राप्रपा प्रष्ट हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।