२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार्ल्स बने बेलायतका नयाँ राजा



अ+ अ-

काठमाडौँ । स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बनेका छन् । उनलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ ।

महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको जनाइएको छ ।

उनले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चाल्र्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चाल्र्सलाई नै सुम्पिइएको छ ।

बेलायतको बकिङ्घम राजदरबारका अनुसार राजमुकुट पहिर्याएर औपचारिक राजा घोषणा गर्ने कार्य केही समयपश्चात् हुने छ ।

उनकी आमा महारानी एलिजाबेथ द्वितीयाले आफ्ना बुबाको निधनपश्चात सन् १९५२ मा बेलायतको राजगद्दी सम्हालेका थिए । ९६ वर्षमा महारानीको बिहीबार निधन भएको थियो ।