२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानीद्वारा गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



अ+ अ-

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

उहाँले शनिबार हिमानी ट्रष्टमार्फत गोरखाका विभिन्न पालिकाका विद्यार्थीलाई झोलालगायत १९ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गोरखा बजारस्थित शक्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा हिमानीकी छोरी कृतिका पनि सहभागी हुनुहुन्थ्यो ।

शाहले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

तीन हजार सात सय ५० जना विद्यार्थीलाई चाइना फाउन्डेसनमार्फत प्राप्त सामग्री हिमानीले हस्तान्तरण गर्नुभएको हो ।

सो फाउण्डेसनले वर्षेनी गोरखा, लमजुङ, मनाङ र गुल्मीका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

हिमानी र कृतिकाले गोरखा दरबारस्थित गोरखकाली र गोरखनाथको पूजआजा पनि गर्नुभएको थियो ।