२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुको अठोटबाटै नेपाल आत्मनिर्भर बन्छ– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको अठोटले नै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ । युवा उद्यमशीलता शिनर सम्मेलन, २०२२ लाई आइतबार सम्बोधन गर्दै उहाँले आत्मनिर्भरसहितको समृद्ध मुलुक बनाउन हजारौँ युवाहरुको अठोट आवश्यक हुने बताउनुभयो ।

सपना बनाउन, दृढता राख्न र लागी पर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले युवाहरुलाई सफलता त्यसै चुम्न आउने उल्लेख गर्नुभयो ।

पचास÷साठी वर्षअघिसम्म कृषि सामग्री निर्यात गर्ने मुलुक अहिले आयात गर्नुपर्ने अवस्थामा आएको उल्लेख गर्दै उहाँले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

पहाडमा खान नपुगेर आफू चितवन बसाइँ सर्न आइपुगेको भन्दै उहाँले अहिले विगतलाई फर्केर हेर्दा अचम्म लाग्ने गरेको बताउनुभयो । “साँच्चै नै म पहाडमा खान नपुगेर चितवन बसाइँ सरेको बच्चा हुँ, गणतन्त्र नेपालको दुईचोटि त प्रधानमन्त्री नै भइसकेँ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “यो कसरी भयो भन्नेबारे सोच्दा आफैँलाई सपना हो कि विपना हो भन्ने लाग्छ, तर हुँदो रहेछ ।”

आफूले यसलाई गौरवशाली ठानेको भन्दै उहाँले युद्धको कमाण्डर पनि भएको र युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको उल्लेख गर्नुभयो । संविधान निर्माण गर्ने अवसर प्राप्त गर्नु, संविधान जारी भएपछि दोस्रो पटक प्रधानमन्त्री हुन पाउनु यी सबै आफ्नो अठोटका कारण सम्भव भएको उहाँको भनाई थियो ।