२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आज आउदै हुनुहुन्छ । उहाँ तीन दिने भ्रमणका लागि काठमाडौँ आउने हुनुभएको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

ली रूस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरियाहुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। । छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोलीसहित नेपाल आउनुहुने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा , नेकपा एमालेका अध्यक्ष केप ओली , लगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गर्नुभएको थियो ।

गत असारको अन्तिम सातातिर चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसैगरी गत साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङसँग भएको भेटमा सीमा समस्यालगायत द्विपक्षीय विषयमा छलफल गर्नुभएको थियो ।